
१७ कात्तिक २०७७, सिन्धुपाल्चोक ! बर्षेनी बाढी पहिरोको चपेटामा पर्दै आएको सिन्धुपाल्चोकमा लायन्स क्लब अफ काठमाण्डौ फेलोसिपले शनिबार पाँचपोखरीका पहिरो पिडितलाई खाद्यान्न राहत वितरण गरेको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका ७ र ८ तिपेनिका पहिरोको पिढित २२ घर परीवारलाई क्लबले चामल, दाल, नुन तेल लगायतका खाद्यान्न तथा कम्बल वितरण गरेको काठमाण्डौ फेलोसिपका सदस्य राजेश हिमालयले जानकारी दिनुभयो । पहिरोको जोखिममा रहेका तिपेनिका १९ घरपरिवार तथा गरिब असाय र अशक्तलाइ राहत वितरण गरिएको हो ।

खाद्यान्न राहत पाउँदा स्थानियहरुले खुशि ब्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि थ्रि टु फाइभ ए टु गर्भनर डाक्टर शुसिला मल्लले जनताको जिउधनको रक्षाको लागि क्लबले विगत देखिनै सहयोग गर्दै आएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष सार्कि तामाङले सहयोग गरेकोमा क्लबलाइ धन्यवाद दिदै स्थानीय सरहकार सदैब चिन्तित रहेको र सोही अनुसार तिपेनिका पहिरो पिडीतहरुको लागि सुरक्षित बासस्थानको व्यवस्थापनका लागि खटिरहेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब मेलम्चीका पुर्व अध्यक्ष गणेश सिलवाल,सचिब विजयकृष्ण क्षेष्ठ, कोषाध्यक्ष किरण दिप खड्का, नेपाली काग्रेसका , महासमिति सदस्य गगां चापागाई तथा लायन्स क्लबमा आबद्ध युवराज गिरी, राजन दुलाल, लगायतका काठमाण्डौ तथा मेलम्चीका फेलोसिप सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबले यसअघि हेलम्बु गाउँपालिका का बिभिन्न स्थानका ५९ जना पहिरो पिडीतको लागि समेत खाद्यान्न सहयोग गरेको थियो ।


