
गैर आवासिय नेपाली संघ साउदी अरबद्वारा “कोरोना उध्दार महाअभियान” संचालन गरेका छन । उक्त अभियानमा २ जना कानुनी अधिकारी( LEGAL OFFICER), १ जना टिम कोर्डिनेर सहित ७ जना भोलेन्टियर लगायत संघका पदाधिकारीहरु स्वयंसेवकको रूपमा खटाउंदै NRNA NCC KSA ले “महाअभियान” शुरु गरिसकेका छन ।
कोरोनाको कारण रोजगारी गुमाएर खान बस्न समेत नपाईएकाहरुलाई तत्कालका निम्ती आवास (सेल्टर) साथै खानाको ब्यबस्था, स्वदेश फिर्तिको ब्यबस्थामा सहयोग, पिसिआर टेस्ट साथै काठमाडौँ देखी घर सम्म पुग्नको निम्ती यातायातको ब्यबस्ता जस्ता सुबिधाहरु उपलब्ध गराउने यस महा अभियानको उदेश्य रहेको छ।
COVID-१९ को विश्वव्यापि संक्रमण बढे सँगै साउदी अरबमा समस्यामा परेका नेपालीहरूको लागि सहयोग,उद्धार र जीवन रक्षार्थ गैर आवासिय नेपाली संघ साउदी अरबले गत २०२० को अप्रिल महिनाको पहिलो साता देखी चरण-चरणमा बैठक तथा छलफल गरि संचालन गरेको अभियानमा नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय र पैरवी गर्दै पीडितहरुलाई राहत, खाद्यान्न, स्वदेश फिर्तिको निम्ती टिकट समेत् उपलब्ध गराउंदै आइरहेको छ ।
यो अभियानलाई थप प्रभावकारी बनाउनको निम्ती साउदी अरबमा समस्यामा परेका अधिकतम पीडितहरुको पहिचान गरी समयमै उध्दारलागि संघको माथिल्लो निकाय आइसिसी सँग समन्वय र सम्वाद गरि ट्रिपल आर “RRR“ अभियानको COVID-19 RESPONSE TO NEPALI MIGRANT WORKERS – “RELIEF AND REPATRIATION” परियोजना अन्तर्गत रहेर साउदी अरबको बिभिन्न शहरहरुमा काम गर्ने भएका छन ।

