
वीरगंज, ०९ मंसीर /
नेपाल निजामती कर्मचारी संगठन पर्साको भवन उद्घाटन गर्न बुधबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल वीरगंज आउने भएका छन । वीरगंजस्थित जिल्ला समन्वय समिति पर्साको दक्षिणपट्टी निर्माण भएको दुई तल्ले भवनको उद्घाटन गर्न नेकपाका बरिष्ठ नेतासमेत रहेका नेपाल वीरगंज आउने भएका हुन ।
संगठनको भवन उद्घाटन गर्न बुधबार नेता नेपाल वीरगंज आउन लागेको नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए । बुधबार दिउँसो १ बजेदेखी भवन उद्घाटन गर्ने कार्यक्रम रहेको उनले जानकारी गराए । संगठनले भवन उद्घाटन कार्यक्रममा सहभागि हुन सम्पर्ण कर्मचारीहरुलाई आग्रहसमेत गरेको छ ।
प्रदेश नं. २ मा बारा जिल्लापछि दोस्रो पर्सामा कर्मचारी संगठनको भवन निर्माण भएको छ । संगठनको जिल्ला अध्यक्ष गिरी भएपछि उनकै सक्रियतामा भवन निर्माण सम्पन्न भएको हो ।

