कोरोनाका कारण ए.अ.ने.शि.सं. लुम्बिनी प्रदेश अध्यक्ष शर्माको मृत्यु

  • २२ कार्तिक २०७७, शनिबार ०९:३६ मा प्रकाशित
  • दुधरास, दाङ, २२ कार्तिक
    प्राणघातक रोग कोभिड १९ का कारण एकीकृत अखिल नेपाल शिक्षक संगठन, लुम्बिनी प्रदेश अध्यक्ष मदन कुमार शर्माको मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास दाङ निवासी ५८ वर्षीय शर्माको उपचारको सिलसिलामा बाँकेको भेरी अस्पताल नेपालगन्जमा शनिबार विहान करिब ४:३० बजेमा दु:खद निधन भएको हो ।

    पहिल्यै देखि श्वासप्रश्वासको समस्याबाट ग्रसित शर्मालाई कोरोना भाइरस संक्रमण भएपछि झनै गाह्राे भएको थियो । कोरोना संक्रमण भएको पुष्टि भएदेखि नै स्वास्थ्यमा समस्या देखिएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी दाङ्ममा भर्ना भइ उपचार गराउदै आएका शर्मालाई थप गंभिर स्वास्थ्य समस्या देखिएपछि ३ दिन अघि बेलझुण्डीबाट रेफर गरिएको थियो ।

    Leave a Reply