केही नेकपाका नेता नेतृत्वको नाम बेचेर ठूलो बन्न खोजेको सांसद साहको आरोप

  • १६ कार्तिक २०७७, आईतवार २१:३० मा प्रकाशित
  • रामसरन यादव
    रौतहट, १६ कार्तिक
    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष एवम रौतहट क्षेत्र न ३ को संघीय सांसद प्रभु साहले पार्टीभित्रका केही नेता आफूलाई ठूलो भनिरहे पनि पार्टीको कुनै काम नगरेको बताएका छन् ।

    सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष साहले पार्टीका प्रदेशका केही नेता फलानाको मान्छे भन्दै आफूलाई ठूलो देखाउन व्यस्त रहेको बताए साह ले भने ।

    ‘म प्रचण्डको मान्छे हुँ, केपी ओलीको मान्छे हुँ’ भन्दै उनीहरुले आफूलाई ठूलो देखाउन खोजिरहेका छन्’ उनले भने, ‘तर काम भने केही छैन् । यसले कार्यकर्ता पनि भ्रममा परिरहेका छन् ।’

    उनले प्रदेशका ती नेताहरुलाई आफ्नो हैसियत आफैं बनाउन आग्रह पनि गरे । केन्द्रीय ठूलो नेताहरुको हैसियत सापटी नलिइ पार्टीका लागि काम गर्न उनले अनुरोध गरे ।
    प्रदेश २ मा नेकपा विपक्षी र प्रशासनबाट रक्षात्मक अवस्थामा रहेको उनले बताए । प्रदेशमा बढी विपक्षीले जितेका कारण प्रहरी प्रशासनले उनीहरुकै कुरा सुनेर आफ्ना कार्यकर्तालाई फसाउने काम गरिरहेको उनको भनाइ छ ।

    प्रदेशका प्रहरी प्रशासनले जनताको समस्याको वास्तविक छानबिन नगरी जघन्य अपराधलाई समेत बेवास्ता गरिरहेको उनको आरोप छ । ‘अपराध गर्नेलाई उन्मुक्ति दिने गरिएको छ भने निर्दाेषलाई फसाउने काम गरिरहेको छ,’ उनले भने ।
    प्रदेशभित्रको पार्टी समस्याबारे पार्टीको संगठन विभागमा निवेदन दिइसकिएको बताउँदै उनले विवादित विषयमा छिटो निर्णय गरी सर्कुलर गर्न आग्रह गरिएको बताए ।

    One thought on “केही नेकपाका नेता नेतृत्वको नाम बेचेर ठूलो बन्न खोजेको सांसद साहको आरोप

    1. यो राम सरण नाम भएको संवाददाता भन्ने व्यक्ति गलत रहेको र कुनै मेडिया संग सम्बधित न रहेको राम सरण फटहा हो भन्ने स्पाष्टिकरण दिन सक्छु। यस्ता झुठा व्यक्ति संग सचेत रहन अनुरोध गर्न चहान्छु।

    Leave a Reply