अढाई लाख बढी रकमसहित ७ जुवाडे पक्राउ, दाङ प्रहरीद्वारा सार्बजनिक

  • ३ मंसिर २०७७, बुधबार १६:२९ मा प्रकाशित
  • दाङ, मंसिर ३
    दाङ जिल्लाको घोराहीबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । साथै प्रहरीले उनिहरुबाट अढाई बढी रकम समेत बरामद गरेको छ ।

    घोराही उपमहागनरपालिका वडा नं. १६ मुनाटोल निवासी ४४ बर्षीय पुर्णराज भण्डारीको घरमा जुवा खेल चलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मंगलबार विहान ३ बजेतिर निजको घरमा छापा मार्दा २ लाख ६८ हजार ३ सय १५ रुपैया नगदसहित खोलेको ६ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार जुवा खेलेको आरोपमा पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १६ का ४४ वर्षीय पुर्णराज भण्डारी, ४० बर्षीय प्रेमराज भण्डारी, ३८ बर्षीय डम्मर डिसी, ३६ बर्षीय तेजप्रसाद गिरी र २८ बर्षीय बिबेक भण्डारी रहेका छन । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं. १७ का ३४ वर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल रहेका छन । निजहरुलाई विरुद्ध जेवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    Leave a Reply