
दाङ, १३ मंसीर
रुकुम पश्चिममा एक जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जना ब्यक्तिको मृत्यु भएको छ । शुक्रबार आठबीसकोट नगरपालिका वडा नम्वर ८ को दाजेबाट ११ जना जन्ती बोकेर सोहि नगरपालिकाको वडा नम्वर १० को घारीखोला जादै गरेको रा १ ज ५८९ नम्बरको जीप राती साढे ८ बजेतिर दाजेमा दुर्घटना हुँदा निजहरूको मृत्यु भएको हो ।
दुर्घटना परि घटनास्थलमै मृत्यु हुनेमा आठबीसकोट नगरपालिका ८ का ६६ वर्षीय सार्के नेपाली, ५१ वर्षीय कलिभान नेपाली, ५१ वर्षीय गोरे नेपाली र ४८ वर्षीय आइते चनारा रहेका छन ।
दुर्घटना परि गंभिर घाइते भएका सोही नगरपालिका वडा नं ८ कै ५८ वर्षीय लालबहादुर नेपालीको स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगन्ज लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रहरीका अनुसार जीप सडकबाट झन्डै १ सय मिटर तल खसेको थियो । भिरालो सडक भएका कारण जिपमा सवार अन्य यात्रु झरेका कारण बाच्न सफल भएका थिए । साथै जिप चालक फरार रहेको प्रहरीले जनाएको छ ।

