भारतको जम्मु कश्मिर भिडन्तमा परि दाङका एक युवकको मृत्यु

  • १२ मंसिर २०७७, शुक्रबार २०:१० मा प्रकाशित
  • दाङ, १२ मंसीर
    भारतको जम्मु कश्मिरमा भएको भिडन्तमा परि आज विहान ५ बजे दाङका एक युबकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत वर्ष ३० का प्रेम बहादुर के.सी. भएको बुझिएको छ । उनी विगत १४ वर्ष देेेखि ईन्डियन आर्मी को रुपमा कार्यरत थिए ।

    मृतक के.सी. तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ बेलुवा निवासी लाल बहादुर के.सी.का छोरा भएको बुझिएको छ । पारिवारिक श्रोतका अनुसार उनको भारतको जम्मु कश्मिरमा भएको भिडन्तमा परि मृत्यु भएको थियो । साथै उनको शव लिन उनका आफन्त जम्मु कश्मिर पुगिसकेका छन ।

    Leave a Reply