प्रचण्डले बोलाएको सचिवालय बैठक बादलद्धारा बहिष्कार

  • २१ कार्तिक २०७७, शुक्रबार १५:५६ मा प्रकाशित
  • काठमाडौं, २१ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा गृहमन्त्री रामबहादुर थापा सहभागी नहुने भएका छन् । आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा दाहालले सचिवालय सदस्यहरुलाई बोलाएका छन् । उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर कोही पनि सदस्य सहभागी नहुने स्पष्ट भैसेकेको छ ।  त्यस्तै, अर्का सचिवालय सदस्य बादल पनि आजको बैकठमा सहभागी नहुने भएका छन् । बादलका सुरक्षा विज्ञ सल्लाहकार ईन्द्रजित राईले दाहालले बोलाएको सचिवालय बैठकमा बादल सहभागी नहुने रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए भनि रिपोर्टर्स नेपाल डटकमको आजको अनलाइन सस्करण मा छापिएको छ !

    Leave a Reply