नेकपाका केन्द्रीय नेता बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीलाई निर्देशन सहितको सिफारिश

  • २१ कार्तिक २०७७, शुक्रबार १५:४१ मा प्रकाशित

  • बीरगंज २२ कार्तिक

    नेकपा विन्दवासिनी गाउँपालिका कमिटिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा नेकपाका केन्द्रीय नेता नागेन्द्र चौधरी रामचन्द्र साह सहित १५ जना बिरुद्ध अनुसन्धान गर्न पर्सा प्रहरीले निर्देशन पाएको छ ।
    पर्सा प्रहरीलाई जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले हत्या आरोपीहरुको बिषयमा अनुसन्धान तथा कारवाहीकोलागि निर्देशन सहितको सिफारिश गरेको हो ।

    उनीहरुका बिरुद्ध गुडिया देवीले दिएको किटानी जाहेरीलाई पर्सा जिल्ला न्यायधिवक्ताको कार्यालयले निर्देशनात्मक सिफारिश गरेको हो ।

    यस अघी जिल्ला न्यायधीवक्ताको कार्यालय पर्साले कार्तिक १६ मा संबिधान सभाका सदस्य राजकुमार गुप्ता सहित १२ जना बिरुद्ध परेको किटानी जाहेरीमा पनि निर्दैशन सहितको सिफारिश गरेको छ ।जिल्ला न्यायधीवक्ताको कार्यालयले दुबै जाहेरीमा एउटै प्रकारको निर्देशनात्मक सिफारिश गरेको हो ।

    गुडिया देवीले दिएको किटानी जाहेरीमा जिल्ला न्यायधीवक्ताको कार्यालयले निर्दैशनात्मक सिफारिश दिएपछि चौरसिया हत्याकाण्डमा नयाँ मोड आएको छ ।
    नेकपाको केन्द्रीय कमिटीका सदस्य एवं प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चौधरी , पार्टीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह , पार्टीको प्रदेश कमिटीका सदस्य छोटेलाल यादव, पार्टीको जिल्ला कमिटीका सदस्य बिक्रम चौरसियाका नाम हत्या ओारेपीको रुपमा जाहेरीमा उल्लेख गरिएको छ ।

    त्यसैगरि बिन्दवासीनी गाउँपालिकाका परशुराम यादव, चंचल यादव,होदा राउत गदी,महादेव चौहान,कलसरीफ राउत गदी,सभासद राउत गदी,सवादिन राउत गदी ,रुषत्तम राउत गदी,मोहन यादव,जितैनद्य् चौरसिया र समन साह बानिया बिरुद्ध किटानी जाहेरी परेको छ ।
    जिल्ला न्यायधीवक्ताको कार्यालयले दिएको निर्देशन अनुसार अव पर्सा प्रहरीले चौरसिया हत्याकाण्डको बहुपक्षीय अनुसन्धान गर्ने भएको छ ।

    प्रहरीले घटनास्थलमा उपलब्ध नेताहरुले कार्यकर्ताकोवीचको झगडा छोडाउने प्रयास किन गरेनन भन्ने प्रश्नबाट अनुसन्धान थाल्ने स्रोतले जनाएको छ । प्रहरीले अनुसन्धानकालागि किटानी जाहेरीमा उल्लेख ब्यक्तिहरुलाई गिरफ्तार गर्न सक्ने स्रोतको दावी छ ।

    घटनाको बिषयमा सार्वजनीक भएका भिडियोहरुमा देखिएको तथ्यका आधारमा अनुसन्धान शुरु गरिने एक प्रहरीले अधिकारीले बताएका छन ।

    बासका भाटाहरु कार्यक्रम स्थलमै किन ब्यवस्थापन गरिएको थियो ? यदि झगडा हुने पूर्व अनुमान थियो भने प्रहरीलाई खवर किन नगरिएको हो ? झगडा हुने अनुमान हुदा हुदै कार्यक्रम किन आयोजना गरिएको थियो भन्ने कुराको आधारमा अनुसन्धान हुन सक्ने एक कानुन ब्यवसायीले बताएका छन ।

    कार्यक्रमको आयोजना गर्नेहरुको उद्धेश्य थाहा पाउन पनि अनुसन्धान हुने र त्यसले हत्याको चुरो कारण र त्यसमा संलग्नहरुको पहिचान प्रष्ट हुने ति कानून ब्यवसायीको भनाई छ ।

    किटानी जाहेरी दिने गुडिया देवीले उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु तिवारी र मुकेश चौरसियालाई मार्ने उद्धेश्यले जाहेरीमा उल्लेख गरिएका प्रतिवादीहरुले आक्रमण गरेको दावी लिनु भएको छ । उहाँले घाइते भएका चौरसियाको मृत्यु भएको र अन्य घाइतेको उपचार भइरहेको भन्दै कारवाहीको माँग गर्नु भएको हो । बिपक्षीहरुले घेराहाली आक्रमण गरेको उहाँको दावी छ ।

    यस अघि प्रहरीले चौरसियाको हत्या आरोपमा घाइते रहेका उत्तम तिवारीलाई भने गिरफ्तार गरेको छ ।

    घटना कात्तिक ६ गतेको हो। बिन्दवासिनी गाउँपालिकाको प्रसौनी भाठामा नेकपाको गाउँ पालिका कमिटीको शपथग्रहण कार्यक्रम चलिरहेको थियो। जहाँ कार्यक्रममा आफूहरूलाई नबोलाइएको भन्दै एउटा पक्षले अर्को पक्षसंग प्रश्न गरेको थियो।

    यो सिलसिला प्रश्न गर्नसम्म मात्रै केन्द्रित रहेन कि पछि भाटा समेत हानाहान भयो। जसले गर्दा मुकेश चौरसियाको ज्यान गयो। केही घाइते पनि भए।
    सभारःईसिमाना,आवाजन्यूज़

    Leave a Reply