तुलसिपुर कात्तिक १७
दाङमा भएको ट्रक दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ट्रक चालकको घटना स्थलमै मृत्यु भएको हो भने सहचालकको उपचारको क्रममा बुटवलमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
घोराहीबाट लमही तर्फ जादै गरेको ना ६ ख ६२० नम्वरको ट्रक घोराही लमही सडक खण्ड अन्र्तगत घोराही ३ मा रहेको भैंसी वगाउने खोलामा गएराती दुर्घटना भएको थियो ।
ज्यान जानेमा चालक बाँकेका ३५ बर्षिय प्रकाश परियार र सहचालक कोलहपुर नगरपालिका वडा नम्वर १३ का ३१ बर्षिय कमल नेपाली रहेको डिएसपी खड्काले जानकारी दिएका छन् । सोहि दुर्घटनामा परि तुलसीपुर १४ बस्ने २२ बर्षिय नबिन के.सी घाईते भएका छन् ।


