बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको चौथो अधिवेशनबाट निर्वाचितलाई पद भार

  • २६ आश्विन २०७७, सोमबार १९:४५ मा प्रकाशित
  • अजय यादव , ।बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको चौथो अधिवेशनबाट निर्वाचित संचालक समिति तथा लेखा समितिको सपथ ग्रहण तथा पदभार कार्यक्रम कलैयाको उधोग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ ।

    अधिवक्ता गगनदेव यादवको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि सहकारी बैंक लिमिटेडका ध्रुवनारायण यादव रहनुभएको थियो ।विशेष अतिथिहरु महन्थ ठाकुर र भवन खडका रहनु भएको थियो ।

    शपथ ग्रहण तथा पदभार ग्रहण गर्नेहरुमा अध्यक्ष सतेन्द्र ठाकुर ,उपाध्यक्षद्वय राजु प्रसाद अधिकारी ,गीता देवी कुशवाहा ,सचिव भगिन्द्रनाथ शर्मा ,सह-सचिव सालिकराम अधिकारी ,कोषाध्यक्ष शोभा कुमारी राउत सदस्यहरुमा अंगद सहनी ,रामएकबाल प्रसाद यादव ,शम्भु महतो ,यक्ष तिवारी ,अान्नद प्रसाद यादव ,विशुनदयाल प्रसाद चौधरी ,शिला देवी जयसवाल ,निवेश तिम्लसिना ,कोपिला सिम्खडा ,सुवास जयसवाल ,लक्ष्मी चौधरी र बन्दना कुमारी सिँहलाई शपथ ग्रहण गराईएको थियो ।कार्यक्रमको सञ्चालन टिकाराम भण्डारीले गर्नुभएको थियो ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।

    Leave a Reply