
२६ असोज २०२०, गोर्खा ! गण्डकी गाउँपालिका गोर्खाले विश्वब्यापी दिनानुदिन तीव्रताका साथ फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालीहरुको महान पर्व दशै तिहारमा गाउँ आउनेहरुले ७ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम लागू गरेको छ।
दशै तिहारका लागि गण्डकी गाउँपालिका आउनेहरू असोज ३० भित्र गाउँ आइसक्नुपर्ने र एक साता होम क्वारेन्टिन बस्नुपर्ने गरी गाउँपालिकाको वडा नम्बर ४ फुजेलले नियम लगाएको हो।
विदेशबाट आउनेहरूले अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाउनुपर्ने छ। वडाले पिङ हाल्न, जुवातास खेल्न पनि रोक लगाएको छ।
यस्तै चाडपर्व विशेष किनमेल असोज ३० भित्र सक्न पनि वडाले आग्रह गरेको हो।
वडाले सर्वदलीय बैठक गरी यस्तो नियम पारित गर्दै सूचना निकालेको कुरा दरौदी खबरले छापेको छ ।

