
असोज २६ जनकपुरधाम।।रौतहट जिल्लाको गरुडा नगरपालिका ८ जिङ्गडियाका बेलविछवा का विजय रामको प्रहरी हिरासतमा मृत्यु भएको साथै दलित माथि भइरहेको आक्रमण ज्यादती विरुद्ध जनकपुरधाममा प्रदेश नं.२ सरकारको मुख्यालय मधेश भवन अगाडि प्रदेशका दलितहरुले वृहत्त प्रदर्शन गरेका छन् । बहुजन दलित संघर्ष समितिको अगुवाईमा दलित युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेश नं.२ मा दलित असुरक्षित बन्दै गएको भन्दै युवाहरुले प्रदर्शन गरेको हो । रौतहट र धनुषा लगायतको जिल्लामा सुनियोजित तरिकाले दलितको हत्या गरे पनि दोषिलाई प्रहरीले उम्काएको हो । भारी संख्यामा रहेका दलित युवाहरुले प्रदेश नं.२ सरकारको मुख्यालय मधेश भवन नजिक उग्र बनेका थिए । सुरक्षा सतर्कता अपनाएकोले कुनै अप्रिय घटना भएन् । दलित युवाहरुले प्रदेश सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए । प्रदेश नं.२ मा दलित महिलाहरु माथि बलात्कार र हत्या लगायतका हिंसात्मक घटनाहरुमा बृद्धि भएपनि प्रदेश सरकार मौन रहेको हो । रौतहट र धनुषा जिल्लाको प्रहरी हिरासतमा एक एक जना दलितको मृत्यु भएको थियो ।
घटनाको मुख्य आरोपी अभै प्रहरीको पहुच भन्दा टाढा रहेको बताउदै तत्काल कानूनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने प्रदर्शनकारीहरुले माग गरेका हुन ।‘दलित माथिको हत्या, हिंसा बन्द गर र दोषी माथि कारबाही गर लगायतको नारा लगाउदै विरोध रौली जनकपुरधाम उपमहानगरको विभिन्न भागको परिक्रमा गरेको थियो । जागो जागो बहुजन मुल निवासी जागो, हत्या, हिंसा, बलात्कार के विरोध मे जागो’ भन्ने नाराका साथ दलित युवाहरुले विरोध प्रदर्शन गरेका थिए । जय भिम लेखिएको पट्टी टाउकोमा बाधेका हजारौ सख्या युवाहरु विरोध रौलीमा सहभागी भएका थिए ।
मित्र राष्ट्र भारतको संविधान लेखक ‘बाबा भीमराव अम्बेडकर’ लाई नेपालका दलितहरुले मार्ग दर्शक मान्छन् । पछिल्लो समयमा प्रदेश नं.२ का जिल्लाहरुमा दलित महिलाहरु सित भएको हिंसात्मक घटनाका कयौं दोषीहरुलाई अझै कानुनको दायरा सम्म नल्याइएको आरोप छ । दलित महिलाहरु माथि भएका बलात्कारका घटना, गाउमै लेनदेनको अधारमा जबर जस्ती मिलापत्र गराउनेहरुलाई समेत कार्वाहीको दायरामा नल्याइएको भन्दै उनीहरु केहि समय देखि निरन्तर आन्दोलनमा छन् । voice of rautahat

