गोरखामा धर्म प्रचार गर्दै बिजनेश भिसामा आएका ताइवानी

  • २७ आश्विन २०७७, मंगलवार १०:१० मा प्रकाशित
  • गोरखा, २७ असोज! बिजनेश भिसामा नेपाल आएका एक ताइवानी धर्म प्रचारप्रसारमा सक्रिय भएको पाइएको छ।
    बिजनेश भिसामा ताइवानको ताइचुङ सिटीबाट आएका ३६ बर्षका मेङ सेइन चेङ बिगत लामो समयदेखि गोरखामा धर्म प्रचारमा सक्रिय रहेका हुन् ।
    ‘१५ बर्षअघि बिजनेश भिसामा नेपाल आएको हुँ । काठमाडौंको नयाँ बानेश्वरमा होङजिन होटल छ’, उनी भन्छन्, ‘तर अहिले होटल छैन । अहिले गोरखामा चाइनिज भाषा सिकाउने गर्छु ।’ उनले तावा धर्म प्रचार गर्ने गरेको पनि स्वीकार गरे ।
    ‘गोरखा बजार र आसपासका धेरै गाउँहरुमा मेरा साथीहरु छन् । घरघरमा गएर भेट्छु’, उनी भन्छन्, ‘गैरीकुवामा तावा मन्दिर बनाउन सुरु गरेका थियौँ । जग्गाको विवादका कारण अधुरो रहेको छ।’
    प्रशासन कार्यालयले कडाइ गरेपछि गत चैत महिनामा गोरखा छोडे पनि फेरि एक महिनाअघि आएर धार्मिक गतिविधिमा सक्रिय रहेको उनले बताएका छन्।
    उनी रोहटेपानीस्थित नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा डेरा गरी बस्छन्।
    सोही ठाउँमा स्थानीयहरुलाई भेला गरी चिनियाँ भाषा सिकाउने काम गर्ने गर्छन्।
    सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई जिल्ला छाड्न सचेत गराइसकिएको बताएउनुभएको छ। समाचार इच्छाकामाना न्युजमा छपाइएको छ।

    Leave a Reply