
५ अक्टोबर २०२०, जेध्दा साउदी अरब नेपाली महावाणिज्य दुतावासमा आगामी कार्यकालका लागि नियुक्ती हुनुभएका नव आगन्तुक का.बा महावाणिज्यदुत श्री शत्रुघन पोखरेल र नवागन्तुक श्रम सहचारी श्री प्रेम प्रसाद उपाध्यायलाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती ४-अक्टोबर-२०२० का दिन महावाणिज्य दुतावासकै प्रंगणमा एक अनौपचारिक भेला गरी हार्दिक स्वागत गरेको छ।
भेलामा एनआरएन एनसिसी साउदीका बरिष्ठ उपाध्यक्ष धुर्ब कुमार रिजाल, प्रवक्ता बिष्णु न्यौपाने, आरसिसी जेध्दाका पदाधिकारीहरु साथै दुतावासका सम्पूर्ण कर्मचारीको उपस्थिती रहेको कुरा प्रवक्ता बिष्णु न्यौपाने ले अबगत गराउनु भयो।
स्वागत मन्तब्यको क्रममा उपस्थित सबैले स्वागत गर्नुका साथै सफल कार्यकालको शुभकामना दिएका थिए । मन्यब्यकै क्रममा प्रवक्ता बिष्णु न्यौपानेले साउदी अरबमा भैपरि आउने हरेक श्रमिक समस्याको लागि एनआरएन साउदी अरबले हरेक समयमा नियोग संग समन्वय, पहल पैरवी गर्दै श्रमिक समस्या निराकरणको लागि सहकार्य गर्दै आएको र आगामी दिनहरुमा पनि निरन्तरता दिने बताउंदै साउदी अरबमा आउने हरेक नेपाली कामदारको दक्षता छनोट गरी दक्ष कामदार ल्याउने, न्युनतम पारिश्रमिकलाई बढावा दिने, छिमेकी तथा तेस्रो मुलुक हुंदै साउदी अरबमा घरेलु महिला पठाउने दलालहरुलाई निस्तेज गर्नुपर्ने लगायतका श्रमिक बिषयमा जोड दिंदै नेपाली कामदारहरुले भोग्नु परेका समस्या बारे कविता वाचन गरेर अवगत गराउनु भएको थियो।
स्वागत मन्तब्यकै क्रममा बरिष्ठ उपाध्यक्ष धुर्ब रिजालले एनआरएन साउदीले बिगतमा गरेका कार्यहरु र भूमिकाहरुको बारेमा अवगत गराउनुको साथै आगामी कार्ययोजना बारे प्रष्ट पार्दै नियोगहरु संग सदैव आत्मियताको भावनाले सहकार्य गर्ने जनाउंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो।
स्वागत मन्तब्य पश्चात आफ्ना भावी योजना बारे प्रष्ट पार्दै श्रम सहचारी श्री प्रेम प्रसाद उपाध्यायले बर्षेनी ५ लाख भन्दा बढी युवाहरु श्रम बजारमा जान वाध्य भएको अवस्थामा नेपाली कामदारको न्युनतम पारिश्रमिकलाई चुस्त बनाउंदै दक्ष नेपाली कामदारको ब्यबस्था मिलाउन, हरेक श्रमिकको हक हित जिबन बिमा लगायतका सुरक्षाको निम्ती संघ संस्थाको समन्वयमा अगाडि बढ्नको निम्ती सहयोग, सुझाब,रचनात्मक आलोचनाको अपेक्षा गर्दै बैदेशिक रोजगारलाई सुरक्षित, ब्यबस्थित बनाउन यहाँंहरुको सहयोगमा हातेमालो गरेर सृजनशील ढंगले अगाडि बढ्ने प्रतिबध्दता व्यक्त गर्नुभएको थियो।
आफ्नो भावी कार्य योजनाको बारेमा बोल्दै का.बा माहावाणिज्य दुत श्री शत्रुघन पोखरेलले हरेक कार्यहरुलाई सम्पादन गर्नको निम्ती दुताबासले गर्नुपर्ने काम कर्तब्य र जिम्मेवारीलाई हामी पनि छौं भनेर स्वच्छ र समाज सेवाको भावले हौसला उत्प्रेरणा दिएकोमा हार्दिक कृतज्ञता प्रकट गर्दै सरकारले कुनैपनी संघसंस्थाको सहयोग बिना सफलता हात पार्न सक्दैन तेसैले यहाँहरुको सहयोगमा पारदर्शी ढंगले अगाडि बढ्नेछौं। जागिर भन्दा कर्तब्य सम्झेर व्याबहारिक जिबन भन्दा माथि उठेर जसरी यहाँहरुले योगदान गर्नु भएको छ त्यसरिनै श्रमिकहरुको हकहित, सुरक्षा र न्यायको निम्ती कार्यगर्ने प्रतिबध्दता व्यक्त गर्नुभएको थियो ।


