कर्तव्यनिस्ठ महिला समाज मुग्लिन द्वारा मृगौला र ब्लड क्यान्सर पीडितलाई गर्यो आर्थिक सहयोग

  • १९ आश्विन २०७७, सोमबार २३:३६ मा प्रकाशित

  • समर्पण रम्जान, १९ असोज २०७७, मुग्लिन
    कर्तव्यनिस्ठ महिला समाज मुग्लिन द्वारा इच्छाकामाना गाउँपालिकाका २ जना मृगौला पीडित र १ जना क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ ।

    इच्छाकामना गाउँपालिका मुग्लिनमा रहेको उक्त समाजसेवी संस्थाले केही समय देखि मृगौला पीडित वडा नं. ३ का शर्मिला गुरुङलाई ५००५ (पाँच हजार पाँच रुपैयाँ) र सोही गाउँपालिका अर्का मृगौला पीडित वडा नं. ६ का रूद्र बहादुर बानियाँ लाई रु ५००५ (पाँच हजार पाँच रुपैयाँ ) र अर्का वडा ४ का ब्लड क्यान्सरद्वारा पीडित तिमोथी परियारलाई रु ५००५ (पाँच हजार पाँच रुपैयाँ ) गरि तिनजना बिरामीलाइ जम्मा रु १५०१५ (पन्ध्र हजार पन्ध्र) आर्थिक सहयोग गरेको छ ।
    संस्थाका प्रतिनिधिहरुले सहयोग प्रदान गर्दै उहाँहरूलाई शिघ्र स्वास्थ्य लाभको समेत कामना गरेको कुरा संस्थाका अध्यक्ष श्रृजना बसौला देवकोटाले अबगत गराउनु भयो ।

    बिगतका दिनहरुमा पनि संस्थाले थुप्रै यस्ता समाज सेवाका कामहरु गर्दै आइरहेको छ ।

    Leave a Reply