शीतल निवास पुगेर राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा दशैंको टीका ग्रहण

  • १० कार्तिक २०७७, सोमबार १६:३३ मा प्रकाशित
  • १० कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दशैंको टीका ग्रहण गर्नुभएको छ ।

    पत्नी राधिकासहित राष्टपति भवन शीतल निवास पुगेर मुलुकका कार्यकारी प्रमुख ओलीले राष्टप्रमुख भण्डारीबाट टीका ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री ओलीले यसपटक भने अरुलाई टीका लगाई दिनुभएन ।
    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको थियो ।

    प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो ।

    कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।हिमालय टिभी वाट ।

    Leave a Reply