मर्यादपुरवासीले पुनः एकपटक असत्यमाथि सत्यको विजय गराएका छन- सांसद प्रभु साह

  • १० कार्तिक २०७७, सोमबार १९:०६ मा प्रकाशित
  • रामसरन यादव
    रौतहट, १० कार्तिक
    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं . २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभु आज आफनो गृह जिल्ला र गृह नगर पालिका जिल्लाको पश्चिम र उत्तरी भेगमा अवस्थित रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुरमा यही कार्तिक १० गते बिहान सोमबार विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना तथा आदानप्रदानतथाजनचेतना_कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष तथा रौतहट क्षेत्र नम्बर ३ को सांसद प्रभु शाहको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यकरममा सान्सद साहले भने प्रतिगामी_राजवादी भुत सल्बलाउन खोज्दा नागरिक द्वारा विफल भएकोछ ।

    कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउने र खुला सभा सम्मेलन गर्न नदिने राजावादी भुतहरुले कार्यक्रम विथोल्न विभिन्न गाउँबाट विभिन्न पार्टीका मान्छे बोलाएर षडयन्त्र गर्दा नागरिकले प्रतिकार गरी विफल तुल्याए । ती राजावादी प्रतिगामीहरु पथरा गाउँको फोरम पार्टीको लखिन्द्र यादव, सोनरनियाका वडाध्यक्ष राजपाका वसन्त यादव, बैरगनिया गाउँका कांग्रेसका पप्पु यादव हुन् । र यी राजावादी भुतहरुको सरदार कथित कम्युनिष्टको खोल ओढेको रामप्रवेश यादव हुन् ।

    अहिलेको गणतन्त्र नेपालमा स्वतन्त्र रुपमा बोल्न नदिने हिसाबले गरिएको यी भुतहरुको यस्ता हर्कत किमार्थ स्वीकार्य हुन सक्दैन । ‘असत्य माथि सत्यको विजय’को प्रतीकको रुपमा दशैं मनाउदै गर्दा ती प्रतिगामीहरुलाई तिरस्कार गरेर मर्यादपुरवासीले पुनः एक पटक असत्यमाथि सत्यको विजय गराएका छन् ।

    सम्पूर्ण न्यायप्रेमी मर्यादपुरवासीलाई धन्यवाद दिए सांसद प्रभु साह । रौतहट जिल्ला सद्स्य नेकपाका युवा एवम चर्चित नेता तथा रौतहट क्षेत्र नम्बर ३ को संघीय सांसद प्रभुको स्वकिय सचिव विजय यादव निर्बिजले बताउनु भयो ।

    कोरोना संकटको यो समयमा सचेत भइ आम नागरिकहरुले सामाजिक सदभावका साथ चाडपर्व मनाउनु पर्ने प्रभु शाहले जोड दिनु भयो । सो कार्यक्रममा प्रदेश सभा सदस्य मा कुन्दन कुशवाह, मौलापुर नगरपालिकाको उपमेयर गौरिशंकर जयसवाल , नेकपा प्रदेश सदस्य मनोज यादव, प्रदेश सदस्य अमर साह , नेता चन्देश्वर वैठा सितलपुर बैगानिया को पुर्व गा बि स अक्ष्यक्ष अर्बिन्द यादव , चलचित्रकर्मी संघ प्रदेश २ को अध्यक्ष विजय यादव निर्विज ,फतुवा बिजयपुर ना पा को वाडा न १ को अध्यक्ष सन्जय साह ; नेता ब्रहामानरायन यादव दिपलाला सोनार मेयर प्रत्यासी सुरेन्द्र यादव बुधाई खान सितलपुरको वाडा प्रत्यासी सेरबहादुर पटेल पत्रकार , बुद्धिजिवी सुरक्षाकर्मी लगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

    Leave a Reply