तलसिपुर २१ असाेज
पछिल्लो समयमा महिलाहिम्सा र बलात्कारको घटना बढिरहेको र त्यसको अन्त्यको माग गर्दै तुल्सिपुरमा “युथ अफ तुल्सिपुरले ” बुधबार तुल्सिपुरमा प्रदशन गरेको छ ।
उनीहरुले प्रदर्शनका क्रममा बलात्कारीलाई मृत्यु दण्डको
माग गरेका थिए ।
‘हिजो निर्मला, आज संझना, भोलि हजुरको कोही…? ’ लेखिएको प्लेकार्ड सहित बलात्कारीलाईमृत्यु दण्डको व्यवस्था गर्न माग गरेका थिए ।
तुलसीपुरको एकान्त होटेल चोकवाट सुरु भएको उक्त र्यालि बिरेन्द्र चोकदेखि सितलपुर चोकसम्म पुगेर तुलसीपुर उपमहानगरपालिका अगाडि आएर कोणसभामा परिणत भएको थियो ।
युथ तुलसीपुरका अध्यक्ष वशन्त गिरीकोअध्यक्षतामा भएको कार्यक्रमा एडमिन अरुण लहरे, आकाश भण्डारी लगाएले सम्वोधन गरेका थिए ।
उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कानुन
नहुँदासम्म बलात्कारका घटना दोहरी रहने भन्दै मृत्यु
दण्डको व्यवस्था गर्न मागपनि गरेका थिए ।
उपाध्यक्ष निशा कुँवरको स्वागत मनतब्यवाट कार्यक्रम सुरु भएको थियो ।कार्यक्रमपछि तुलसीपुर उपमहानगरपालिकामा पुगेर
उनीहरुले सोही आसयको ज्ञापन पत्र पनि बुझाएको छ ।


