प्रतिनिधि सभाकी सांसद सानु शिवा पहाडीको निधन, प्रधानमन्त्रीद्वारा दुख व्यक्त

  • २८ आश्विन २०७७, बुधबार १२:५९ मा प्रकाशित
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी प्रतिनिधि सभा सदस्य सांसद सानु शिवाको निधन भएको छ। 

    इलामबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित पहाडीको मुटुको समस्या हुँदा काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा निधन भएको हो।  

    कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको दुवै मिर्गौलाले २०६२/६३ देखि काम गर्न छाडेका थिए। उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। त्यस्तै पाठेघरमा ट्युमर देखिएपछि शल्यक्रिया गराएकी थिइन्। पछिल्लो समय उनको मुटुमा भल्भ राखिएको थियो।

    उहाँको मृत्यु प्रति प्रधानमन्त्री केपी शर्मा वलीले दुख व्यक्त गर्नु भएको छ।

    Leave a Reply