
तुलसीपुर,
२८ असोज/ तुलसीपुरमा फेरी खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित अटो भिलेजमा खुकुरी प्रहार हुँदा तुलसीपुर, ५ मासुमार्केट निवासी २० बर्षीय रफि कुरेसी घाईते भएको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार तुलसीपुर ८ अस्वारा निवासी २२ बर्षीय लक्ष्मी भण्डारी घटनामा संलग्न रहेको भन्दै खोजी कार्य भइरहेको छ । मंगलबार राति १० बजे खुकुरी प्रहार गरि भण्डारी फारर भएका हुन । ‘तँ’ भनेको भन्दै खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ ।

