
सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयबाट दिइने सबै सेवा बन्द गरिएको छ ।
आज सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा र अत्यावस्यक सेवा बाहेक अरु सबै सेवा आज देखि २६ गते सम्मका लागि बन्द गरेको जनाएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीकी श्रीमतिसहित थप ११ जनालाई कोरोना पुष्टि भएको थियो । अहिले सहायक प्रमुख जिल्ला अधिकारीको परिवार होम आइसोलेशनमा रहेका छन् ।
कर्मचारीको परिवारमा कोरोना पुष्टि भएको भन्दै प्रशासकिय अधिकृत सुनिता पहरीद्धारा आज जारी सूचना अनुसार आजदेखि असोज २६ गतेसम्म अत्यावश्यक वाहेकका सबै सेवा बन्द गरेको उल्लेख छ ।

