चर्चित कलाकार विजय यादव निर्विज र सरिता साह अभिनित गीती एल्बम ‘मैरेज करव’ को शूटिंग सम्पन्न

  • १ कार्तिक २०७७, शनिबार १४:०७ मा प्रकाशित
  • रामसरन यादव, १ कार्तिक

    नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहको अभिनयमा अभिनित गीत’ मैरेज करव’ को शूटिंग सम्पन भएको छ ।

    काठमाडौंको रमणिय स्थान चोभारमा गीतको दृश्यहरु कैद गरिएको छ । चर्चित गायीका सेलिना कुँवर र विजय यादव निर्विजको स्वरबाट सुसजित भोजपुरी गिति एल्वम ‘मैरेज करब’ केही हप्ता भित्रै बजारमा श्रोता माझ आउने निर्माण यूनिटले बताएका छ ।

    नेपालको तराई मधेस, भारतको विहार, युपी, झारखण्डका साथै मरिसस लगायतका ठाउँमा भोजपुरी गीत, संगित, फिल्मको प्रभाव अत्याधिक रहेको छ । केही समय यता नेपाली कलाकारहरु पनि भोजपुरी भाषामा उत्कृष्ट गित संगित रेकड गर्न थालेको छन । गीतको सम्पूर्ण काम मुम्बईमा भएको छ।

    केही महिना पहिला टि—सिरिजद्वारा निर्विज प्रोडक्सनको पहिलो गिति एल्वमको पहिलो गित ‘रुपवा सलोना’ भन्ने बोलको टाईटल गीत सार्वजनिक गरिएको थियो त्यो गीत दर्शक बाट अत्याधिक रूचाइको थियो र यो आउन लागेको गीत अझ धेरै माया पाउने अपेक्षा रहेको निर्विज प्रोडक्सनका सिईओ रचना सिवाकोटीले बताईन् ।

    सिवाकोटीका अनुसार गीत आजाद सिंहको छ भन्ने पछिल्लो समय नेपालको भोजपुरी संगितमा चर्चित रहेको संगितकार संतोष राजको संगितबाट सजाईएको छ ।

    अजय कुमार को निर्देशनमा रहेको गीतमा क्यामेरा मा कैद गर्ने काम रामशरण उप्रेती ले गरेको छन भने नृत्य निर्देशक अर्जुन बीसी ले गरेको छन ।

    निर्विज प्रोडक्सन का सिइओ रचना सिवाकोटी पहिलो चोटी सहायक निर्देशकको काम गरेकी छिन् । गीतको प्रोडक्सन मैनेजर मदन श्रेष्ठ रहेका छन । गीतको रिलिजको माध्यम के हुन्छ त्यो चाँडै टुंग्याउने निर्माण यूनिटले बताएको छ ।

    Leave a Reply