समर्पण, १० अक्टोबर २०२०
विश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रणका क्रममा कतार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालयको निर्णय अनुसार क़तार च्यारेटि मार्फ़त प्राप्त खाद्यान्न सामाग्री , क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त र उद्दार तथा राहत समितिमा आएका खाद्यान्न समस्याको बिबरण अनुसार गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले ९ अक्टोबर २०२० का दिन बाईसौं चरणमा खाद्यान्न सामग्री वितरण गरेको छ ।
यस विषम परिस्थितिमा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति एनआरएनए कतारले मिति २९ अगस्त २०२० देखी ०९ अक्टूबर २०२० सम्मा कतारको विभिन्न ठाउँमा रहेका ७८३१ जाना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिसकेको छ । एनआरएनए एनसिसि कतार का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आफ्नो फेसबुक बाट जानकारी गराएका छन् ।
यस राहत बितरणका लागि दुताबास परिवार, आईसीसी प्रतिनिधि हरू, एनसीसी प्रतिनिधि हरू, उद्दार तथा राहत वितरण समितिहरु तथा सदस्यहरू, पत्रकारहरू तथा सम्पूर्ण स्यमसेवक सदस्य हरू सहभागी रहेका थिए । यस कार्यमा सहभागी सम्पुर्णलाई अध्यक्षले मोक्तदाले धन्यवाद दिएका छन् ।






