साउदी अरेबियामा कोरोना संक्रमित संख्या पाँच सय मुनि संक्रमितमुक्त संख्या बढ्दो ।

  • १६ आश्विन २०७७, शुक्रबार २०:२९ मा प्रकाशित
  • समर्पण, २ अक्टोबर २०२०, साउदी अरब
    साउदी अरेबियाले २ अक्टोबर शुक्रबार कोरोनाभाइरस रोग (कोविड -१९ )) बाट ४८१ जना नयाँ संक्रमित भएको र २९ जनाको मृत्यु भएको घोषणा गरेको छ।
    नयाँ घटनाहरूमध्ये ४० जना जेद्दा क्षेत्र बाट, ३७ जना मदिनामा, ३१ जना हाइलमा , २९ रियादमा ,२७ जना हुफोफमा, २४ जना बालजर्सिमा, २४ जना यान्बुमा, १८ जना मक्कामा, १३ खमिस मुसेदमा, १३ जना दम्माममा, १३ जना जिजानमा,११ जना अभामा, र बाकी साउदीका विभिन्न क्षेत्रहरूमा गरि जम्मा ४८१ जना संक्रमितको संख्या रेकर्ड गरिएको छ।
    साउदीमा कुल संक्रमित ३,३५,५७८ जना मध्य आज कोरोना भाइरसबाट ६०२ जना थप संक्रमित बिरामीहरू निको भएपछि राज्यमा रिकभरीहरूको कुल संख्या ३,२०,३४८ भएको छ।
    राज्यमा हालसम्म कूल ४८२३ जना व्यक्तिको कोरोना भाइरसको कारण मृत्यु भएको छ। साउदी अरबमा बिगतका दिनहरुमा भन्दा संक्रमितको संख्या कम हुँदै गएको छ।

    Leave a Reply