
उमेश कुशवाहा बीरगंज,असोज २५
पर्सा प्रहरीले ठुलो मात्रामा लागू औषध सहित ट्रक पक्राउ गरेको छ।
बिशेष सूचनाको आधारमा पर्सा बीरगंज म.न.पा.वडा नं.२४ बहुअरी चोक स्थित रामगढवा सडक खण्डमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत ई.प्र.का.सुगौली विर्ताबाट खटि गएको प्रहरी टोलीले बीरगंज ICP गेटबाट जाँचपास भई आएका HR 38V 4895 नम्बरको ट्रक रोकी चेकजाँच गर्दा उक्त ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिटको पछाडीको सिटमुनी तथा सोही क्यावीनको माथिको बोर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध बरामत गरेको छ।
बरामत भएको लागू औषध नुर्फिन २९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन (जम्मा ८९१ एम्पुल) र Wincirex 100 ml को १२०६ बोत्तल सहित ट्रक सहित पक्राउ गरिएकको छ।
ट्रक चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने सुदर्शन पटेलको छोरा बर्ष २० को बिक्रान्त पटेल, सोही ट्रकमा सवार त्यहीको जोगिन्द्र रामको छोरा बर्ष २८ को रामबालक राम र त्यसै गाउको ललन रामको छोरा बर्ष २० को आकाश कुमार राम समेतलाई पक्राउ गरी कार्यालयमा ल्याइ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

