दाङ घाेराहिका विद्यालयहरु कात्तिक १५ सम्म बन्द रहने

  • २५ आश्विन २०७७, आईतवार १९:३७ मा प्रकाशित
  • कोरोना संक्रमणको जोखिम बढेसगैं दाङ घोराहीका विद्यालयहरु कार्तिक १५ गते सम्मका लागी बन्द गरिएको छ । नगरको शिक्षा समिती बैठकले सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप र परीक्षा समेत बन्द गर्ने निर्णय गरेको हो । 

    विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिने सक्ने शिक्षा महाशाखा प्रमुख विनोद गौतमले जानकारी दिएका छन ।

    Leave a Reply