एस पी शाहद्वारा मन्दिरको उदघाटन

  • १ कार्तिक २०७७, शनिबार २०:५२ मा प्रकाशित
  • रामसरन यादव
    रौतहट, १ कार्तिक
    फतुवा बिजयपुर नगरपालिका वार्ड नंबर १० दुधिअवामा रहेको प्रहरी चौकी हाताभित्र नवनिर्मित दुर्गा मन्दिरको आज एक समारोह बिच जिल्ला प्रहरी कार्यालयका एस पी सिद्धि बिक्रम शाहले उदघाटन गर्नु भयो ।

    स्थानीय गोबिन्द खरेल र श्रीमती लक्ष्मी खरेलद्वारा आफ्नो एकलौटी निजी लगानिमा प्रहरी चौकी हाताभित्र दुर्गा भवानीको मन्दिर निर्माण गर्नु भएको थियो । अनुमानित ५ लाखको लागतमा निर्माण भएको उक्त मन्दिरको आज घस्थापनाका दिनको शुभ साइत पारेर उद्घाटन गरिएको प्रहरी चौकी दुधिअवाका असई राजनारायण साहले बताउनु भयो ।

    कार्यक्रममा इप्रका बिजयपुरका इंस्पेक्टर बिष्णु बि क , दुधिअवाका भद्र भलादमी , सर्व साधारण , ब्यापारी, समाजसेवी , राजनितिक दलका प्रतिनिधि लगायतका ब्यक्तित्वहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा जसपाका फतुवा बिजयपुरका मेयर प्रत्यासी अमृत चौधरी र शिक्षक रन्जन खरेलले समसामयिक शान्ति सुरक्षाको स्थिति एवं प्रहरी चौकीको विविध समस्या प्रस्तुत गर्नु भएको थियो ।

    Leave a Reply