अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस

  • १५ आश्विन २०७७, बिहीबार १५:०९ मा प्रकाशित
  • काठमाडौं ।

    सरकारले अमेरिकाको राजदूतमा युवराज खतिवडालाई नियुक्त गर्ने सिफारिस गरेको छ।

    आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

    यसअघि राष्ट्रिय सभा सदस्य बन्न नपाउने भएपछि उनको अर्थ तथा संचार मन्त्रीको पद गएको थियो ।

    त्यसैगरी मन्त्रिपरिषदले आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्ने सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

    Leave a Reply