साउदीको जेद्दाबाट नेपाल जानुहुने नेपालीका लागि खुशीको खबर, अब चार्टर फ्लाइट कुर्नु नपर्ने।

  • ८ आश्विन २०७७, बिहीबार ०३:१२ मा प्रकाशित
  • समर्पण

    साउदी अरब। नेपालका लागि एयर अरेबियाले आफ्नो उडान भरिरहेकोले अब जेद्दाबाट नेपाल जानका लागि चार्टर उडान कुरिरहनु नपर्ने भएको छ ।
    एयर अरेबियाले यसै 25,26,27,28 सेप्टेम्बरका लागि धमाधम नेपाली यात्रुहरुलाई पनि टिकट दिएको जानकारी आएको छ । उक्त मौकाको फाइदा उठाउदै बिगत 2-3 हप्ता देखि टिकटको प्रतीक्षारत रहेका पान्डा कम्पनीकाा एक नेपालीले एयर अरेबियाको टिकट लिइएका छन ।
    एक तर्फी टिकट मूल्य भने २१०० साउदी रियल देखि २४०० साउदी रियल सम्म पर्ने गरेको ट्राभल एजेन्सीले बताएका छन् । भने उक्त टिकट लिनका लागि यात्रुहरूले जुनसुकै ट्राभल अफिसमा गएर लिन सक्ने छन् । यो फ्लाईट डाइरेक्ट नभएर दुबईमा 12 घण्टा बस्नु पर्ने हुन्छ।

    Leave a Reply