
काठमाडौ, ८ असोज
नेपालमा विगत २४ घण्टामा १ हजार ४ सय ९७ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ९ सय ८४ र महिला ५ सय १३ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय ०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ५ सय ६५ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना र होम आइसोलेसनमा ९ हजार ८ सय २३ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण १७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ५ जना र पुरुष १२ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा ३ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ३ मा २ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ५३ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ४ सय ५७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ हजार ६ सय जना, प्रदेश नं. २ मा १२ हजार ८ सय ०५ जना, बागमती प्रदेशमा १३ हजार ७२ जना, गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना, प्रदेश नं. ५ मा ७ हजार ८ सय २५ जना, कर्णाली प्रदेशमा २ हजार ७ सय ९१ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १८ हजार ४ सय ३७ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ९ हजार ८ सय २३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४ सय ७७ जना, प्रदेश नं. २ मा ६ सय ४३ जना, बागमती प्रदेशमा ५ हजार ५ सय ३६ जना, गण्डकी प्रदेशमा ३ सय ६० जना, प्रदेश नं. ५ मा १ हजार ३ सय ८६ जना, कर्णाली प्रदेशमा २ सय ३३ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ८८ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ६ सय १४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ सय ०७ जना, प्रदेश नं. २ मा ९ सय ८४ जना, बागमती प्रदेशमा ५ हजार ३ सय ०९ जना, गण्डकी प्रदेशमा ६ सय ३० जना, प्रदेश नं. ५ मा ८ सय ४२ जना, कर्णाली प्रदेशमा २ सय ८१ जना र सुदुरपश्चिम प्रदेशमा ४ सय ६१ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ५ सय ६५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ९५ जना, प्रदेश नं. २ मा २ सय ९७ जना, बागमती प्रदेशमा ५ सय ४७ जना, गण्डकी प्रदेशमा ५ सय ११ जना, प्रदेश नं. ५ मा १ हजार ६ सय २१ जना, कर्णाली प्रदेशमा ६ सय ९३ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ०१ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय ३२ रहेको छ । जसमा प्रदेश न.१ मा १३ जना, प्रदेश न. २ मा १६ जना, बागमती प्रदेशमा १ सय ४१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४१ जना, कर्णाली प्रदेशमा १५ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २८ जना रहेका छन । जसमा प्रदेश न.१ मा २ जना र वागमती प्रदेशमा २६ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा सोलुखुम्बु, रसुवा, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड २१ लाख ४ हजार २ सय ४८ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ८२ हजार ४७ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ३६ लाख ८५ हजार ८ सय ७७ जना रहेको छ ।

