पहिरोले बस पुरिंदा रुकुम पश्चिमका एक जनाको मृत्यु

  • ९ आश्विन २०७७, शुक्रबार १५:१५ मा प्रकाशित


  • दाङ, ९ असोज ।
    पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा गुडिरहेका बसमाथि पहिरो गएको छ । 
    पहिरोले बस पुरिदा एक जनाको मृत्यु भएको छ । हिजो  साँझ विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख. ७९४० नम्बरको बस पुरिएको प्रहरीले जानकारी दिएको छ । 
    माटोको लेदोसहितको पहिरोले बस पुरिँदा घाइते भएकामध्ये रुकुम पश्चिम आठबीसकोठ गाउँपालिकाका २५ वर्षका हरिषचन्द्र केसीको गएराति उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
     घाइतेमध्ये ४ जनाको मेडिकल कलेज भरतपुर र अन्यको जिल्ला अस्पताल नवलपुरमा उपचार भइरहेको छ । पहिरोले अवरुद्ध भएको सडक आज  बिहान ४ बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

    Leave a Reply