
काठमाडौ, ९ असोज
नेपालमा विगत २४ घण्टामा १ हजार ३ सय १३ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ६० र महिला ४ सय ५३ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ४ सय ६४ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २ सय ३७ जना र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ३ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा २ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा २ जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ५९ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ५५ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ५१ हजार ८ सय ६६ जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ हजार ७ सय १७ जना, प्रदेश नं. २ मा १२ हजार ८ सय ७३ जना, बागमती प्रदेशमा १३ हजार ९ सय १६ जना, गण्डकी प्रदेशमा ३ हजार २४ जना, प्रदेश नं. ५ मा ८ हजार ७३ जना, कर्णाली प्रदेशमा २ हजार ८ सय १८ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ४ सय ४५ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १८ हजार २ सय ८९ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ५२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार ४ सय ३८ जना, प्रदेश नं. २ मा ५ सय ३७ जना, बागमती प्रदेशमा ५ हजार ५ सय ९३ जना, गण्डकी प्रदेशमा ३ सय ६० जना, प्रदेश नं. ५ मा १ हजार ६ सय ९८ जना, कर्णाली प्रदेशमा २ सय २७ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ९९ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार २ सय ३७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ सय ४३ जना, प्रदेश नं. २ मा १ हजार १ सय ६८ जना, बागमती प्रदेशमा ५ हजार १ सय ५० जना, गण्डकी प्रदेशमा ६ सय ३१ जना, प्रदेश नं. ५ मा ४ सय २६ जना, कर्णाली प्रदेशमा २ सय ८४ जना र सुदुरपश्चिम प्रदेशमा ४ सय ३५ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ४ सय ६४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ५२ जना, प्रदेश नं. २ मा २ सय ७९ जना, बागमती प्रदेशमा ५ सय ६९ जना, गण्डकी प्रदेशमा ५ सय ०९ जना, प्रदेश नं. ५ मा १ हजार ४ सय ३७ जना, कर्णाली प्रदेशमा ६ सय ४९ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार २ सय ६९ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय २७ रहेको छ । जसमा प्रदेश न.१ मा ११ जना, प्रदेश न. २ मा १९ जना, बागमती प्रदेशमा १ सय ३५ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ३९ जना, कर्णाली प्रदेशमा १७ जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३९ जना रहेका छन । जसमा प्रदेश न.१ मा ३ जना, वागमती प्रदेशमा ३४ जना र प्रदेश न.५ मा २ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, रसुवा, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड २४ लाख ३३ हजार १६ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ८८ हजार ३६ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ३९ लाख ४० हजार ९ सय ०३ जना रहेको छ ।

