
सिन्धुली । स्कुल खोल्न आएका सिन्धुलीका आठ शिक्षकमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पठनपाठनको तयारीका लागि कार्यथलो फर्केका हरिहरपुरगढी गाउँपालिकाका आठ शिक्षकमा कोरोना पुष्टि भएको हो ।संक्रमित शिक्षकहरु जिल्ला बाहिरबाट सिन्धुली फर्केका हुन् । स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार साहले जानकारी दिएका छन् ।आइतबार मात्रै सिन्धुलीमा १७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा एकै परिवारका ६ जना संक्रमित समेत भेटिएका छन् ।
लकडाउनको अवधिमा घर गएका शिक्षकहरु विद्यालय खोल्ने तयारीका लागि गाउँपालिका फर्केपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिएको थियो । सिन्धुलीका सबै स्थानीय तहले विद्यालय खोल्ने तयारी गरिरहेका छन् । जिल्ला बाहिर रहेका शिक्षकहरु धमाधम भित्रन थालेका छन् ।जिल्लाका नौ वटै स्थानीय तहले विद्यालय खोल्नुपूर्व बाहिरबाट आउने शिक्षकहरुलाई क्वारेन्टाईनमा राखि परिक्षण गर्ने भएका छन् ।
सीधा ऑनलाइन पात्र

