
समर्पण रम्ज्जान, २८ सेप्टेम्बर २०२०! केही बर्षदेखि साउदी अरबको रियादमा ब्यबसाय गरेका सबैमाझ चिर परिचित व्यावसायिक पर्शुराम मिश्रको पेटको क्यान्सरका कारण उपचारका क्रममा निधन भएको छ ।
साउदीमा रहेर विभिन्न सामाजिक सेवामा पनि लागेका मिश्र प्रवासी नेपाली एकता मंचका साउदीका केन्द्रिय सदस्य, नेपाल कम्युनिस्ट पार्टिका पुराना सदस्य तथा गैर आवासिय नेपाली संघ NCC का सस्थापक सदस्य पनि थिए ।
साउदी अरबको रियादमा कार्गो, ट्राभल्स, फैन्सी लगायतका ब्यावसाय गर्दै पीडित श्रमिक नेपालीहरुका लागि आवास्यक सहयोग पुर्याउदै आएका मिश्रको पेटको क्यान्सर बिमारिले आज सोमबार बिहान 9 बजे काठमाडौमा निधन भएको छ ।
करिब तीन महिना देखि पेटमा पानी जम्ने बिमारले पिडित भएर रोग पहिचान हुदा सम्म अन्तिम स्टेपमा पुगिसकेकोले बचाउने सबै प्रयासहरु असफल भएको पारिवारिक श्रोतले बताएको र आजै पशुपती आर्यघाटमा उहाँको अन्तिम दाहसंस्कार गरिने बताईएकोछ ।
साउदी अरबमा रहेका धेरै शुभेच्छकहरुले सामाजिक संजाल मार्फत उहाँलागि श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

