लक्की नेपाली : रसियामा महेश श्रेष्ठले लिए कोरोनाबिरुद्धको भ्याक्सिन

  • ४ आश्विन २०७७, आईतवार ०१:५७ मा प्रकाशित
  • Pic Nepalbritian

    रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्।

    नेपालको सल्यान पुर्खौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्धारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो। सरकारले पहिलो चरणमा ३० हजार जनालाई भ्याक्सिन दिने घोषणा गरेको थियो। डा. केसीका अनुसार उनी ३० हजार जना मध्येमा छानिएका थिए।

    श्रेष्ठलाई कोरोना भ्याक्सिन दिन भन्दा पहिला उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

    उपाध्यक्ष केसीले कोरोना भाइरसबिरुद्ध पहिलो भ्याक्सिन लिएकोकोमा खुःशी व्यक्त गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको बताए।

    यसअघि नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताए थिए।

    उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अडर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने घोषणा गरेका थिए।

    – nagariknews

    Leave a Reply