मुग्लिन–नारायणगढ सडक खण्ड २ वटा ट्रक आपसमा ठोक्दिा ४ जना घाइते, एकको अवस्था गम्भिर

  • २९ भाद्र २०७७, सोमबार १२:१० मा प्रकाशित

  • २९ भदौ २०७७, मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–५ खहरे पुल नजिक २ वटा ट्रक एक आपसमा ठक्कर खादा ४ जना घाइते भएका छन्।
    घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेका जल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेलाई उपचारको लागि पुरानो मेडिकल भरतपुर पठाइएको छ।
    आज बिहान ८ः२५ बजे काठमाण्डौबाट नारायणगढ तर्फ आउदै गरेको ना ६ ख २४२३ नम्बरको ट्रक र विपरित दिशाबाट गइरहेको ना ४ ख ८०११ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय जनाएको छ।
    अहिले राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। दुर्घटनमा परेका ट्रकलाई निकालेर राजमार्ग सुचारुको लागि प्रयास भइरहेको छ।

    श्रोत इच्छाकामना न्युज बाट

    Leave a Reply