
समर्पण रम्जान ! भाद्र २९, २०७७
चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले गरेको १७३ नमूना परिक्षण मध्ये भाद्र २८ दिन २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको जनाएको छ ।
२४ घन्टाको उक्त १७३ परिक्षणमा १४५ वटा नमुना परिक्षण भने नेगेटिभ रहेको जनाएको छ ।
नयाँ संक्रमितहरु सबै चितवन जिल्लाका रहेको अस्पताल प्रयोगशालाको रिपोर्टले जनाएको छ । संक्रमित हुनेहरूमा भरतपुर अस्पतालबाट स्व़ाब संकलन गरिएका भरतपुर महानगरपालिकाको वडा नम्बर ५, ६, ८, १०, १२ र १८ का ७ पुरुष र ४ महिला, क्वारेन्टाइनबाट स्व़ाब लिइएका कालिका नगरपालिका वडा नम्बर ८ र ३ का ५ जना पुरुष र ५ महिला, क्वारेन्टाइनबाट स्व़ाब लिइएका रत्ननगर नगरपालिकाको वडा नम्बर २ का १ पुरुष, क्वारेन्टाइनबाट स्व़ाब लिइएका इच्छाकामना गाउपालिका वडा नं. ५ का ६ जना पुरुष गरि जम्मा २८ जनाको नमूना परिक्षण पोजेटिभ आएको हो ।
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा यी ६ जना संगै संक्रमितको संख्या १० जना पुगेका छ भने ३ जना निको भएर घर फर्किसकेका छन् ।
चितवनमा संक्रमितको संख्या १ हजार ८५ जना पुगेको छ । श्रोत मुग्लिङ बजार ।


