कोरोना भ्याक्सिनलाई हतारिएर अनुमति नदिन डब्लुएचओको चेतावनी

  • १६ भाद्र २०७७, मंगलवार १०:१६ मा प्रकाशित
  • 1140x725

    एजेन्सी–विश्व स्वास्थ्य संगठन  डब्लुएचओले हतारमा कोरोनाविरुद्धको भ्याक्सिनलाई स्वीकृति नदिन चेतावनी  दिएको छ। 

    भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन डब्लुएचओले आग्रह गरेको छ। डब्लुएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले पत्रकारसँग  यस विषयलाई हल्का रुपमा नलिन भनिन्। 

    ‘सबै देशले ट्रायल पुरा नगरी स्वीकृति दिने अधिकार राख्न सक्छन् तर यसलाई बजारमै ल्याउने अनुमति दिनुअघि गम्भीर रुपमा सोच्न जरुरी छ’ उनले भनिन्। डब्लुएचओका अनुसार अहिले ३३ भ्याक्सिन क्लिनिकल परीक्षणमा छन्।

    त्यस्तै डब्लुएचओले पर्याप्त तयारीविना लकडाउन हटाईरहेका देशहरुलाई पनि चेतावनी दिएको छ। ‘संक्रमण बढिरहेका देशले भीड जम्मा हुन दिनु बर्बादीको निम्तो दिनु हो,’ डब्लुएचओले भनेको छ। आजको नेपाल लाइभले छापेको छ ।

    Leave a Reply