एनआरएन मकाउद्धारा गण्डकी प्रदेशलाई १६ हजार थान सर्जिकल मास्क प्रदान

  • २७ भाद्र २०७७, शनिबार ०२:५६ मा प्रकाशित
  • मकाउ ! गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउद्धारा आज गण्डकी प्रदेश सरकारलाई १६ हजार थान सर्जिकल मास्क प्रदान गरिएको छ ।

    कोरोनाको महामारीका बेला आफूहरुले परदेशबाट स्वदेशको लागि थोरै भएपनि सहयोग गर्ने हेतुले सो मास्क उपहार स्वरुप पठाएको एनआरएन मकाउका अध्यक्ष पूर्ण गुरुङले जानकारी दिनुभयो ।


    आज गण्डकी प्रदेश सरकारको कार्यालयमा आयोजित कार्यक्रममा एनआरएन युकेका पुर्व अध्यक्षद्धय मेजर डमर घले र मुक्षेत्र गुरुङले एनआरएनले देशमा विपत पर्दा हरक्षण सहयोग गर्दै आएको र यो मास्क पनि यसैको एउटा उपज भएको बताउनुभयो ।


    यस्तै एनआरएन एसिय प्यासिफिक क्षेत्रका महिला संयोजक अम्बिका थापा (कञ्चन) ले देशलाई समस्य पर्दा आफूहरु टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै एनआरएनले स्थापनाकालदेखि नै नेपाल र नेपालीको लागि हरक्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो ।

    मास्क गह्रण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राप्त भएको मास्कहरु प्रदेशको सबै जिल्लामा आवश्यकताको आधारमा वितरण गर्ने र यसको सहि सदुपयोग गर्ने बताउनुभयो ।

    गण्डकी प्रदेशमा अहिले कोरोनाको महामारी त्यति उच्च विन्दुमा नपुगेता पनि अब दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकै आएकोले यो बेला धेरै मान्छेको आवात जावात हुने हुँदा सबैले उच्च सर्तकता अपनाउनुपर्ने बताउनुभयो । साथै उहाँले सहयोगी दाता एनआरएन मकाउलाई धन्यवाद समेत दिनुभयो ।

    सो मास्कहरु एनआरएन मकाउको अनुरोधमा मिनदा कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीका म्यानेजिङ डाइरेक्टर लिङ चु तुङले उपलब्ध गराउनुभएको थियो ।

    मास्क नेपाल पठाउनलाई मकाउ नेप्लिज बोडबिल्डिङ फिटनेश एशोसियशनका श्रीजन बाबा भाइ लाईवाई सान, ब्रदरहुड एशोसियशनका अध्यक्ष बोम लिम्बु, लालीगुराँस एशोसियशन हङकङका संयोजक चेतन गुरुङ तथा एनआरएन आईसिसिका सल्लाहकार त्रिलोक गुरुङले विशेष सहयोग गर्नुभएको थियो । माडिन्युज ।

    Leave a Reply