
, धादिङ ८ असोज
धादिङको बेनिघाट रोराङ गाउँपालिका अन्तर्गतका थप २ विद्यालयमा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु हुने भएको छ। बागमती प्रदेश सरकारले गत वर्षदेखि सुरु गरेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि गाउँपालिकाका थप २ विद्यालयलाई छनौट गरि कार्यक्रम लागु गर्ने भएको हो।
यसै आव २०७७/०७८ देखि लागु हुने गरी बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. ९ मझिमटारमा रहेको शंखादेवी मावि र वडा नं. ३ रिचोकटार मलेखुमा रहेको बागेश्वरी मावि छनौट भएको हो।
सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बुधबार एक सूचना जारी गर्दै उक्त विद्यालयहरुमा आव २०७७÷०७८ मा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागु गर्ने जनाएको छ । आजको इच्छाकामना न्युज ले छापेको छ।

