एउटै जिल्लामा कोरोना रोकथामका लागि ११ करोड खर्च

  • ३० भाद्र २०७७, मंगलवार ११:२० मा प्रकाशित
  • गुल्मीमा कोरोना रोकथामका लागि करिब ११ करोड खर्च भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोेभिड–१९) रोकथामको लागि जिल्लामा १० करोड ८९ लाख ६५ हजार २५२ खर्च भएको हो ।
    जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, तम्घास अस्पताल र जिल्ला समन्वय समितिमार्फत उक्त रकम खर्च भएको हो ।
    जिल्लाको रेसुङ्गा नगरपालिकामा कोरोना रोकथामका लागि गत चैतदेखि असार मसान्तसम्म १ करोड २६ लाख ६ हजार ६७५ खर्च भएको नगरपालिकाले जनाएको छ ।
    “पहिलो चरणमा राहत वितरणका लागि ११ लाख ७६ हजार ७७ रुपैँया र दोस्रो चरणको राहत वितरणको लागि ३० लाख ८९ हजार ६५३ गरी कुल ४२ लाख ६५ हजार ७३० रुपैयाँ राहत खर्च भएको हो ।” नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले भने, “क्वारेन्टिन व्यवस्थापनका लागि १६ लाख २१ हजार २ सय तथा क्वारेन्टिनमा बस्नेहरूको लागि खाना खर्चमा १७ लाख ४३ हजार खर्च भएको छ ।”
    त्यस्तै सिरक डसनाका लागि ६ लाख ४३ हजार, आइसोलेसनमा पानी जोड्न र पाटेसन गर्न ७० हजार तथा सवारीका लागि ८८ हजार तथा बाँकी रकम अन्य शीर्षकमा पनि केही रकम खर्च भएको गौतमले जानकारी दिए ।
    मुसिकोट नगरपालिकाले गत आर्थिक बर्षको चैतदेखि असार मसान्तसम्ममा कोरोना नियन्त्रणको लागि एक करोड ७० लाख ५६ हजार ४४७ खर्च गरेको छ ।
    “क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनका लागि ९३ लाख ९९ हजार ९८६ खर्च भएको छ ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले भने, “औषधी उपचार तथा स्वास्थ्य सामग्री खरिदमा ३४ लाख ५२ हजार ४९१, विभिन्न चरणमा वितरण गरेको राहतमा ४० लाख ९० हजार ६५० तथा विविध खर्चमा १ लाख १३ हजार ३२० खर्च भएको छ ।”

    रुरुक्षेत्र गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ६५ लाख ८० हजार ९८४ खर्च गरेको छ । जसअन्तरगत क्वारेन्टिन व्यवस्थापन र क्वारेन्टिनमा खाना तथा स्वाब संकलन र पठाउने कार्यमा ३३ लाख ७९ हजार ८९३ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
    त्यस्तै औषधी, माक्स, सेनिटाइजर, पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदमा ११ लाख चार हजार ६२४ खर्च हो ।
    “पहिलो चरणको खाद्यान्न वितरणमा नौ लाख ६१ लाख ४९७ तथा दोस्रो चरणमा कामको लागि राहतका लागि ११ लाख ३४ हजार ९७० खर्च भएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले भने, “आम्दानीतर्फ विपद् व्यवस्थापन कोषमा १ करोड ३२ लाख ४९ हजार ८ सय ३० रुपैयाँ जम्मा भएको थियो ।”
    मदाने गाउँपालिकाले कोभिड १९ नियन्त्रणको लागि १ करोड १० लाख ५० हजार खर्च गरेको छ । मालिका गाउँपालिकामा कुल एक करोड ५० लाख ४ हजार ५७ रुपैयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।
    चन्द्रकोट गाउँपालिकाले राहत वितरणको लागि २६ लाख ६ हजार ८ सय ३४, क्वारेन्टिन व्यवस्थापनको लागि २२ लाख ३४ हजार ४१ खर्च गरेको बताएको छ । “आइसोलेसन व्यवस्थापनमा ४ लाख २३ हजार ९३२, औषधी खरिदको लागि १० लाख ८९ हजार ६२ तथा यातायात खर्चको लागि ३ लाख १४ हजार ३६४ गरी कुल ६७ लाख ४२ हजार १ सय ३३ रुपैयाँ खर्च भएको छ ।” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले भने ।
    गुल्मीदरबार गाउँपालिकाले कोरोना नियन्त्रणका लागि कुल १ करोड २३ लाख ३ हजार ७ सय ७० खर्च गरेको जनाएको छ । इस्मा गाउँपालिकामा कोरोना नियन्त्रणको लागि ७१ लाख २९ हजार ०२८ खर्च गरेको छ । छत्रकोट गाउँपालिकामा कोरोना नियन्त्रणका लागि १करोड ७ लाख २९ हजार ६९४ खर्च गरेको गाउँपालिकाले जनाएको छ ।
    सत्यवति गाउँपालिकाले कोरोना नियन्त्रणका लागि विभिन्न शीर्षकमा ७६ लाख ९६ हजार १ सय ९१ रुपैयाँ खर्च विवरण तयार गरेको स्वास्थ्य संयोजक रानाले जानकारी दिए ।
    धुर्कोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि १ करोड ८ लाख ७२ हजार ६ सय ६४ खर्च भएको छ ।
    कालिगण्डकी गाउँपालिकाले १५ लाख ३० हजार राहत वितरणको लागि खर्च गरेको छ । “आवश्यक स्वास्थ्य सामग्रीको लागि १३ लाख ३५ हजार सात सय, विस्तरा खरिदको लागि चार लाख ८५ हजार खर्च भएको छ ।” प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले भने, “जनचेतनामुलक व्यानर छपाइको लागि एक लाख दुई हजार, यातायातको लागि २ लाख ५५ हजार, क्वारेन्टिन व्यवस्थापनको लागि ३ लाख पाचँ हजार, हेल्थ डेक्सको लागि २ लाख २० हजार तथा विविध कार्यको लागि ५६ हजार ७१८ गरी कुल ४२ लाख ८९ हजार ४ सय १८ रुपैयाँ खर्च भएको छ ।”

    तम्घास अस्पताल गुल्मीबाट कुल ४ लाख ८४ हजार ५ सय ६० खर्च भएको छ । “एक लाख ४४ हजार पिपिई, माक्स, थर्मल गन र सेनिटाइजरको लागि तीन लाख २१ हजार ८४० खर्च भएको छ ।” तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले भने । स्वास्थ्य कार्यालयले पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदको लागि चार लाख ९८ हजार २ सय ४३, जोखिम भत्तामा १ लाख ४५ हजार ६३ खर्च गरेको छ । स्वाब संकलन तथा परीक्षणको लागि भ्रमण खर्चमा १ लाख ४७ हजार ४१० गरी स्वास्थ्य कार्यालयबाट कुल ७ लाख ९० हजार ७ सय १६ खर्च भएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत १ लाख ३७ हजार खर्च भएको छ । साथै जिल्ला समन्वय समितिबाट ४ लाख ९६ हजार २ सय ८८ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । कारोबारडेलि.कम बाट।

    Leave a Reply