आज १ हजार ५ सय ५९ जना थप कोरोना संक्रमित, संक्रमितहरुको संख्या ७७ हजार ८ सय १७ पुग्यो

  • १४ आश्विन २०७७, बुधबार २०:०५ मा प्रकाशित
  • काठमाडौ, १४ असोज
    नेपालमा विगत २४ घण्टामा १ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ९ सय ७७ र महिला ५ सय ८२ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्राप्त जानकारी अनुसार विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ३८ लाख ५२ हजार ४८ रहेको छ भने मृत्यु हुने विरामीको संख्या १० लाख १२ हजार ७ सय ४३ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ५१ लाख ५७ हजार ६ सय ६० जना रहेको छ ।

    प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा निको भइ डिस्चार्ज हुनेको संख्या १ हजार ५७ रहेको छ भने आरटी पिसिआर परिक्षणको संख्या १२ हजार २ सय ०५ रहेको छ ।

    त्यस्तै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ५६ हजार ४ सय २८ रहेको छ भने हालसम्म आरटि पिसिआर परिक्षण संख्या १० लाख २१ हजार ५ सय ०३ रहेको छ । सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ८ सय ०४ रहेको छ भने संस्थागत आइसोलेसनको संख्या १० हजार ८७ रहेको छ । क्वारेन्टाइन बस्नेको संख्या भने ५ हजार ४ सय २८ रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमले दिएको जानकारी अनुसार संस्थागत आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा ३ सय ५६ जना, प्रदेश नं. २ मा ६ सय १६ जना, बागमती प्रदेशमा ७ हजार ६३ जना, गण्डकी प्रदेशमा ४ सय ८१ जना, प्रदेश नं. ५ मा ८ सय ७७ जना, कर्णाली प्रदेशमा ३ सय ३५ जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय ५९ जना रहेको छ ।

    त्यस्तै होम आइसोलेसनमा बस्नेको संख्या प्रदेश नं. १ मा १ हजार ५ सय ०५ जना, प्रदेश नं. २ मा ५ सय ७७ जना, बागमती प्रदेशमा ६ हजार ५ सय ५५ जना, गण्डकी प्रदेशमा ४ सय ८९ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ६५ जना, कर्णाली प्रदेशमा २ सय ६५ जना र सुदुरपश्चिम प्रदेशमा १ सय ४८ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या प्रदेश नं. १ मा ५ सय ५६ जना, प्रदेश नं. २ मा १ सय ५७ जना, बागमती प्रदेशमा ५ सय जना, गण्डकी प्रदेशमा ६ सय ४१ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ९७ जना, कर्णाली प्रदेशमा ६ सय ८९ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ८८ जना रहेको छ ।

    त्यस्तै हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा ५ हजार ९४ जना, प्रदेश नं. २ मा १३ हजार ७ सय ३९ जना, बागमती प्रदेशमा १५ हजार ७ सय ०५ जना, गण्डकी प्रदेशमा ३ हजार ३ सय ४८ जना, प्रदेश नं. ५ मा ८ हजार ७ सय ५९ जना, कर्णाली प्रदेशमा २ हजार ९ सय १५ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार ८ सय ६८ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या २ सय ०१ रहेको छ । जसमा प्रदेश न.१ मा १६ जना, प्रदेश न. २ मा १६ जना, बागमती प्रदेशमा १ सय १० जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा ४१ जना, कर्णाली प्रदेशमा ११ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३० जना रहेका छन । जसमा प्रदेश न.१ मा ५ जना, वागमती प्रदेशमा २३ जना र प्रदेश न.५ मा २ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ४ रहेको छ । जसमा मनाङ, मुस्ताङ, डोल्पा र मुगु रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही पर्दछन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला २ जना र पुरुष ५ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा २ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३ जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ४ सय ९८ पुगेको छ ।

    Leave a Reply