
रम्जान “समर्पण”
१४ सेप्टेम्बर २०२०, साउदी अरब ! नेपाली दूतावास रियाद साउदी अरबले आगामी दिनहरुमा रियाद साउदी अरब बाट केही थप चार्टर उडान हुने सम्बन्धी सूचना आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको छ । केही हप्तादेखि नेपाल जानेहरुका नाम लिस्ट नेपाली राजदूतावास रियादले आफ्नो फेसबुक पेजबाट सेयर गरेपनि प्रर्याप्त मात्रमा फ्लाइट नहुँदा धेरै भन्दा धेरै नेपाली श्रमिकहरु ले टिकट नपाएर नेपाल फर्कन सकिरहेका थिएनन् । यसै कारण लाई मध्यनजर गर्दै नेपाली राजदुतावास साउदी अरबले रियाद बाट थप उडानहरुको बारेमा उडान मिति सहित सूचना प्रकाशित गरेको छ ।
नेपाली दूतावास रियाद बाट प्रकाशीत सूचीमा नाम समावेश भएका नेपालीहरुले नेपाल एयरलाईन्सको रियादस्थित टिकट काट्ने अफिसमा संपर्क गर्न अनुरोध गरेको छ । साथै अन्य उडान सम्बन्धका बारेमा थप विवरणहरु जान्नका लागि सम्बन्धित इएरलाइन्स को अफिसमा सम्पर्क गर्नका लागि पनि अनुरोध गरेको छ । 17, 19,23 र 27 सेप्टेम्बर गरी चारवटा उडानहरू हुने भएका छन् । टिकट काट्नको लागि नेपाल एमसिसीले सूचना शेयर गर्दै टिकट काट्ने प्रतिनिधिहरूको नम्बर सहित उपलब्ध गराएको छ।

