
मुग्लिन, २ असोज ! कोरोना संक्रमण भएपनि लक्षण नदेखिएका संक्रमितलाई राख्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले पनि आईसोलेसन कक्षको निर्माण गरेको छ। पछिल्लो समय गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि लक्षण नदेखिएका संक्रमितलाई राख्न गाउँपालिकाले आईसोलेसन कक्षको निर्माण गरेको हो।
इच्छाकामना गाउँपालिका ५ मुग्लिन स्थित थकाली सेवा समितिको समाज घरमा ५ वेडको आईसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो। पछिल्लो समय गाउँपालिकामा संक्रमितको संख्या बढ्दै गएको र यहाँको संक्रमितलाई अन्य स्थानमा लगेर राख्न असहज हुने भएकोले आफ्नै ठाउँमा सुरक्षित राख्नको लागि आईसोलेसन कक्षको निर्माण गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो।

अहिले सुरुवातमा ५ वेडको आईसोलेसन कक्ष निर्माण गरिएको भएपनि यसलाई थप विस्तार गरी १० वेडसम्म पु¥याईने उहाँले बताउनुभयो।
गाउँपालिकाले निर्माण गरेको आईसोलेसन कक्षमा एक जना चिकित्सक सहित भेन्टिलेटर, अक्सिजन समेतको व्यवस्था रहेको छ।
इच्छाकामनामा अहिले १२ जना कोरोना संक्रमित रहेका छन् । इच्छामना न्युज बाट

