
काठमाडौ, २ असोज
नेपालमा विगत २४ घण्टामा २ हजार २० जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष १ हजार ३ सय ८१ र महिला ६ सय ३९ रहेका छन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७ सय ३६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन ।
विगत २४ घण्टामा कोरोनाका कारण ७ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला २ जना र पुरुष ५ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा २ जना, बागमती प्रदेशमा ४ जना र प्रदेश नं. ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ९० पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८ सय ७१ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार ८ सय ४७ जना, प्रदेश नं. २ मा ११ हजार ९ सय जना, बागमती प्रदेशमा ९ हजार ७ सय ७१ जना, गण्डकी प्रदेशमा २ हजार ५ सय ३४ जना, प्रदेश नं. ५ मा ६ हजार ९ सय ६० जना, कर्णाली प्रदेशमा २ हजार ६ सय ५७ जना, र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ५१ जना रहेको छ ।
मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १७ हजार ३ सय ८३ जना रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ८८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा १ हजार १ सय ९० जना, प्रदेश नं. २ मा १ हजार ७७ जना, बागमती प्रदेशमा ४ हजार १ सय ९७ जना, गण्डकी प्रदेशमा १ सय ८७ जना, प्रदेश नं. ५ मा ९ सय ३७ जना, कर्णाली प्रदेशमा १ सय ८६ जना, र सुदुरपश्चिम प्रदेशमा ३ सय १४ जना रहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार २ सय ९५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ५ सय २१ जना, प्रदेश नं. २ मा ८ सय ९० जना, बागमती प्रदेशमा ५ हजार २ सय ९६ जना, गण्डकी प्रदेशमा ८ सय ६३ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ६३ जना, कर्णाली प्रदेशमा २ सय ८५ जना, र सुदुरपश्चिम प्रदेशमा २ सय ७७ जना रहेको छ ।
त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ७ हजार ७ सय ३६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ३८ जना, प्रदेश नं. २ मा ३ सय ८७ जना, बागमती प्रदेशमा ५ सय ०१ जना, गण्डकी प्रदेशमा ५ सय ६१ जना, प्रदेश नं. ५ मा १ हजार ७ सय ०३ जना, कर्णाली प्रदेशमा ७ सय ९९ जना, र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ४७ जना रहेको छ ।
नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ७३ रहेको छ । जसमा प्रदेश न.१ मा ७ जना, प्रदेश न. २ मा ४ जना, बागमती प्रदेशमा १ सय २६ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा १० जना र सुदुरपश्चिम प्रदेशमा ० जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने ३६ जना रहेका छन । जसमाप्रदेश न.१ मा १ जना, वागमती प्रदेशमा ३४ जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।
नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा सोलुखुम्बु, रसुवा, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ९ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, सिराहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही पर्दछन ।
विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या ३ करोड ३ लाख ७५ हजार ३ सय ९७ रहेको छ भने मृत्यु हुने विरामीको संख्या ९ लाख ५० हजार ७ सय ७० पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड २० लाख ५१ हजार ८ सय ७९ जना रहेको छ ।

