पी.एन.सी.सी द्वारा साउदी अरबको अलकासिम क्षेत्र वरिपरि रहनुभएका नेपाली श्रमिक हरुलाई लक्षित गरी श्रमिक समस्या सुनुवाई गरिने

  • ९ आश्विन २०७७, शुक्रबार ००:३७ मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति द्वारा साउदी अरबको अलकासिम क्षेत्र वरिपरि रहनुभएका नेपाली श्रमिक हरुलाई लक्षित गरी भोलि सुक्रवार श्रमिक समस्या सुनुवाईको लागि नेपाली दूतावास साउदी अरब को पहलमा हेल्प डेस्क संचालन हुने भएको छ।
    यस कार्यक्रमबाट अलकासिम क्षेत्रमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका समस्याहरु निराकरण गर्न सहज होस् भन्ने हेतुले नेपाली दुतावास साउदी अरबको सहयोग बाट यो कार्यक्रम संचालन गर्न लागिएको जानकारी साउदी अरब स्थित प्रवासी नेपाली समन्वय समिति का प्रतिनिधी नारायण पासवान ले जानकारी दिनुभयो ।
    यस कार्यक्रममा नेपाली दुतावासका श्रम सहचारी जीवन राईको पनि उपस्थिति रहने भएको छ भने यस अलकासिम क्षेत्रमा रही काम गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा कुनैपनि समस्याहरु भएमा यस कार्यक्रममा सहभागी भई आफ्नो समस्याहरु राखिदिन अनुरोध गर्दै प्रवासी नेपाली समन्वय समिति द्वारा गैरआवासीय नेपाली सङ्घको समन्वयमा सूचना जारी गरेको छ ।

    Leave a Reply