एनआरएनए साउदीले स्वदेश फर्कने नेपालीहरूका लागि सहज व्यवस्थापन गर्न अनुरोध गर्दै नेपाली राजदूतावास रियादलाई बुझायो ज्ञापन पत्र

  • २४ भाद्र २०७७, बुधबार २२:०८ मा प्रकाशित
  • ९ सेप्टेम्बर २०१०, साउदी अरब ! वैदेशिक रोजगारिका शिलसिलमा साउदी अरब आएका नेपाली श्रमिकहरु विश्वब्यापि रूपमा फैलिएको कोरोना भाईरस (COVID-19) महामारीको चपेटामा परि रोजगारि गुमाएका तथा विभिन्न कारणले नेपाल फर्कन बाध्य हजारौ नेपालीहरूले धेरै सास्ती बेहोरिरहेको अवस्थालाई मध्यनजर गर्दै समस्या समाधानका लागि एनआरएनए साउदीले दूतावास रियादमा ज्ञापन पत्र बुझाएको छ ।
    ज्ञापन पत्रमा उल्लेख गरिएको छ नेेेपालको कुल ग्रहयस्त उत्पादनमा ठुलो योगदान पुर्याएको वैदेशिक रोजगारी र त्यसमा आवद्ध नेपाली श्रमिकहरु प्रति नेपाल सरकारको पछिल्लो निर्णयले समस्त नेपाली श्रमिकहरुलाइ उपेक्षा गरेको अनुभुति भएको छ । अधिकांश नेपाली श्रमिकहरु अति न्युन तलव-सुविधामा खाडि मुलकको ५० डिग्री भन्दा बढी तापक्रममा श्रम गरिरहेका छन्, आफ्नो रोजगारी गुमाएको प्रतिकूल अवस्थामा स्वयम् जीम्मेवार हुने गरि तोकिएको चर्को हवाइ भाडा दर र होटेल क्वारेन्टाइनको शुल्क समेत श्रमिकको थाप्लोमा थोपरिनु नेपाल सरकारले नेपाली श्रमिकहरु उपर अन्याय गरेको महसुस भएको छ । यद्यपि जेनतेन रकमको होजो गर्दै लामो प्रकृया पुरा गरि स्वदेश फिर्ताका लागी पर्खाईमा रहेका श्रमिकहरु अन्तत: सहज रूपमा हवाइ टिकट उपलब्ध हुन नसक्दा थप पिडामा परि भोकभोकै बस्न बाध्य भएका छन् ।त्यसर्थ साउदी अरब स्थित विभिन्न कठिनाइ र समस्यामा रहेका नेपाली श्रमिकहरुलाइ यथाशिघ्र स्वदेश फर्काउन सहज व्यवस्थापन सहित प्रयाप्त हवाई उडानको ब्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालहरूलाइ ध्यानकार्षणका लागि नेपाली राजदूतावास समक्ष यसै ज्ञापन पत्र मार्फत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब हार्दिक अनुरोध गर्दछौ ।”

    Leave a Reply