अखिल नेपाल पिछडावर्ग द्वारा सौराहाको बिधालयमा सरसफाई

  • ५ आश्विन २०७७, सोमबार १६:०८ मा प्रकाशित
  • वीरगंज, ५ असोज ।
    अखिल नेपाल पिछडावर्ग ओविसि महासंघ पर्साले आज वीरगंज महानगरपालिका वडा नं १८ सौराहामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा सरसफाई गरेको छ ।

    ओविसी पर्सा अध्यक्ष अकलेश साहको प्रमुख आतिथ्य एवं क्षेत्रिय अध्यक्ष शुभनारायण ठाकुरको अध्यक्षतामा सरसफाई कार्यक्रम सम्पन्न भएको अध्यक्ष अकलेश साहले बताए ।

    कार्यक्रममा ,नेकपा नेता राजकुमार सिंह, विद्यालयका प्रधानाध्यापक रामेश्वर पटेल, बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुनिल साह ओविसि पर्साका सह सचिव राजन साह, सदस्य सन्दिप महतो, आशा देबि,दीपनारायण, सत्यनारायण, मुना सह ,क्षेत्रीय उपाध्यक्ष राजेन्द्र साह, सुरेन्द्र साह लगायतको उपस्थिती रहेको थियो

    Leave a Reply